Dhulikhel Eco Banner new

नेप्से परिसूचकमा सामान्य गिरावट

3.13K
shares

काठमाडौं, २९ साउन । मंगलबार नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ८.१८ अंकले घटेर २,९२३ को विन्दुमा कायम भएको छ । आज ८० कम्पनीको शेयर मूल्य बढेको छ भने १५७ कम्पनीको शेयर मूल्य घटेको छ ।

दिनभरिमा ३३२ कम्पनीको ५ करोड २७ लाख ६४ हजार ८३२ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ५१ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल फाइनान्सको ८१ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

हिमालयन रिइन्स्योरेन्सको ६८ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४४ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै मातृभूमी लघुवित्त वित्तीय संस्था, पिपुल्स पावर र दोल्ती पावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

गुडविल फाइनान्सका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । न्यादी हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९७ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९३ प्रतिशतका दरले गुमाएका हुन् ।