मन्दाकिनी हाइड्रोको असार १ गतेबाट आईपीओ खुल्दै
वि.सं.२०७९ जेठ २३ सोमवार १३:५८
shares

काठमाडौं, २३ जेठ । मन्दाकिनी हाइड्रोपावरले असार १ गतेबाट आईपीओ निष्कासन गर्ने भएको छ ।
मन्दाकिनी हाइड्रोपावर आईपीओ निष्कासन गर्न बोर्डबाट जेठ १८ गते अनुमति पाएको हो ।
कम्पनीले जारी पूँजी ५८ करोड ८० लाख ३६ हजार ९०० रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका ५ लाख ८८ हजार ३७ कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। सो शेयरमा आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. २, ३, ४ र ६ (साविककको सार्दिखोला गा.वि.स, घाचोक गा.वि.स, गाहाचोक गा.वि.स र धिताल गा.वि.स.का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
निष्काशन बन्द छिटोमा असार १५ गते हुनेछ भने ढिलोमा असार ३० गते हुनेछ । आईपीओमा मन्दाकिनी हाइड्रोपावरको रजिष्ट्रार कार्यालय, सिनामंगल, काठमाडौँ, पोखरा फाइनान्सको लाहाचोक शाखा, एनएमबि बैंकको हेम्जा शाखा र प्राइम कमर्सियल बैंकको लामाचौर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
कम्पनीको विक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।















