Dhulikhel Eco Banner new

बीमा समितिले भन्यो– मर्जर सुविधा लिने भए असारभित्रै आवेदन दिनू

6.27K
shares

काठमाडौं, २३ जेठ । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले मर्जरबाट पाउने सुविधाहरु लिन असारभित्रै आवेदन दिनुपर्ने बताएको छ । समितिले सोमबार सबै बीमा कम्पनीहरुलाई परिपत्र जारी गर्दै यस्तो भनेको हो ।

मर्जरमा जाने बीमा कम्पनीहरुले कानूनी छुट तथा सुविधा पाउने व्यवस्था छ । तर आगामी आर्थिक वर्षको बजेटमा अर्थमन्त्री जनार्दन शर्माले मर्जर सम्बन्धी विषय वस्तु नै समेटेनन् । बजेटमा मर्जरको विषय नसमेटिएपछि बैंकहरुलाई भने गभर्नरले असारभित्रै मर्जरमा जान भनिसकेका छन् ।

उता बीमा समितिले पनि आत्तिदै सोमबार परिपत्र जारी गरेको छ । समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले छुट तथा सुविधा पाउन आगामी असार मसान्तभित्रै आवेदन दिन परिपत्र गरिएको बताए । उनका अनुसार केही दिनमा बोलाएरै समेत यस विषयमा बीमा कम्पनीसँग छलफल गर्ने समितिको तयारी छ ।