जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्षमा सुरेन्द्र भण्डारी निर्वाचित
वि.सं.२०८१ भदौ ३० आइतवार १२:५२
2.77K
shares
shares

काठमाडौं, ३० भदौ । जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्षमा सुरेन्द्र भण्डारी निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न निर्वाचन प्रक्रियापछि भएको मतगणनाको मतपरिणाम अनुसार अध्यक्ष पदमा उम्मेदवारी दिएका सुरेन्द्र भण्डारीले १ हजार ६ सय ४४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी मनिष रमण साहले १ हजार ५ सय ७२ मत प्राप्त गरेका छन् ।
सुरेन्द्र भण्डारीले ७२ मतान्तरले विजयी हाँसिल गरेका हुन् । यस्तै, अध्यक्ष पदकै जीतेन्द्र प्रसाद साह २ सय ९३ मत प्राप्त गरेका छन् । भण्डारीले आजै विजयी जुलुस लगाउने तयारी पनि गरेका छन् ।















