Dhulikhel Eco Banner new

शेयर बजारमा भारी अंकको गिरावट

3.21K
shares

काठमाडौं, ७ असोेज । सोमबार शेयर बजारमा भारी अंकले गिरावट आएको छ । शेयर बजारमा नेप्से ५९.०२ अंकले घटेर २,५ २९  विन्दुमा कायम भएको छ । यस दिन कुल ५ अर्ब ६६ करोडको कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको छ । अघिल्लो दिन ५ अर्ब ९ करोडको भएको थियो ।

१४ कम्पनीको मूल्य बढ्दा २२९ को घटेको छ भने एउटाको स्थिर रहेको छ । सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ १.२७, विकास बैंक २.४६, फाइनान्स ५.५६, होटल तथा पर्यटन ३.३४, हाइड्रोपावर २.८९, लगानी २.७३, जीवन बीमा २.३५, उत्पादन १.८१, माइक्रोफाइनान्स २.५६, निर्जीवन बीमा २.६९, अन्य २.२२ तथा व्यापार समूह ३.९३ प्रतिशत घटेको छ ।

हिमालयन हाइड्रोपावरको मूल्य ९.८ प्रतिशत बढेको छ  । एक्सल डेभलपमेन्ट बैंकको ८.१, रावा इनर्जीको ५.३, नेपाल फाइनान्सको ५.१, मातृभूमि लघुवित्तको ५ प्रतिशत मूल्य बढेको छ । गुडविल फाइनान्स, समृद्धि फाइनान्स, इस्टर्न हाइड्रोपावरको मूल्य १० प्रतिशत घटेको छ । प्रोग्रेसिभ फाइनान्सको ८.५, रिलायन्स फाइनान्सको ८.४, गुहेश्वरी मर्चेन्ट फाइनान्सको ८.३ प्रतिशत मूल्य घटेको छ ।