एभरेष्ट बैंक र एनसीएचएलबीच सम्झौता
वि.सं.२०८१ कात्तिक २५ आइतवार १७:५१
shares

काठमाडौं, २५ कात्तिक । एभरेष्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच अलिपेको नेटवर्कमा रहेका सदस्य वालेटहरु मार्फत नेपाल पे मर्चेन्टहरुका क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्नका लागि सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । यस सम्झौता अन्तर्गत नेपालमा रहेका नेपाल पे क्यूस्आर तथा यसका इन्ट्रोपेरेबल क्यूआरको मर्चेन्ट क्यूआरमा अलिपेको नेटवर्क मार्फत भुक्तानी गर्न सकिने छ ।
चाइना, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, साउथ कोरिया, स्वीडेन तथा इटली लगायतका देशहरुबाट नेपाल आएका पर्यटकहरुले आनो डोमेस्टिक वालेट मार्फत नेपालमा रहेका नेपाल पे क्यूआर तथा यसको इन्ट्रोपेरेबल क्यूआरमा सजिलै भुक्तानी गर्न सक्नेछन् ।
अलिपेको नेटवर्कमा ६६ वटा विभिन्न ग्लोबल मार्केट अन्तर्गत ३० भन्दा बढि इसुइङ्ग उपकरण, ३०० भन्दा बढि अक्वरिङ नेटवर्क, ९ करोडभन्दा बढि ग्लोबल मर्चेन्टहरु आबद्ध रहेका छन् । एनसीएचएलले अलिपेसँग इन्टरनेशनल पेमेन्ट पाटर्नरका रुपमा आबद्ध भई दुइ नेटवर्कबीच भुक्तानी सुचारु गर्नका निम्ती आवश्यक व्यवस्था मिलाइसकेको छ ।
यस पहल अनुरुप अब एभरेष्ट बैंक सँग सो भुक्तानी सेवा कार्यान्वयन गर्नका निम्ती सम्झौता भएको हो । नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नेपालक्युआर मापदण्ड कार्यान्वयन गर्न, नेपाल पे क्युआर
एक स्वतन्त्र क्युआर स्किमको रुपमा सञ्चालन हुनुको साथै मर्चेन्ट तथा नेटवर्क लेभलको अन्तरआबद्धता कायम गर्न स्थापना भएको पूर्वधार हो ।
हाल नेपाल पे क्युआर को नेटवर्क मा ८५०,००० भन्दा बढि मर्चेन्टहरु आबद्ध रहेका छन् । एभरेष्ट बैंकले आफ्ना ३९,१६७ डिलिभरी च्यानलहरु, नेपालमा रहेका १०,०९८ शाखाहरु, नेपालबाहिर रहेका २ वटा शाखा, १३,३५० एटिएमहरु तथा १५,७१९ बिजिनेस करेस्पोन्डेन्टहरु मार्फत आफ्ना १४ लाखग्राहकहरुलाई सेवाप्रदानगर्दै आएको छ । बैंकले नेपाल पे क्युआरमा २३ हजार भन्दा बढि मर्चेन्टहरु आबद्ध गरिसकेको छ ।















