समृद्धि फाइनान्सको सीईओमा लोहोनी पुन: नियुक्त
वि.सं.२०८१ मंसिर १६ आइतवार १४:३४
3.34K
shares
shares

काठमाडौं, १६ मंसिर । समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुन: टीकानिधि लोहनी नियुक्त भएका छन् ।
मंसिर १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उनलाई पुन:सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको यसअघिको कार्यकाल मंसिर १४ गते सकिएको थियो ।
कम्पनीले मंसिर १५ गतेदेखि लागू हुनेगरी उनलाई सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीले लोहनीलाई आगामी ४ वर्षसम्मको लागि नियुक्त गरेको हो ।



















