मितेरी डेभलपमेन्ट बैंकको सीईओमा चापागाई नियुक्त
वि.सं.२०८१ मंसिर १६ आइतवार १४:५१
3.86K
shares
shares

काठमाडौं, १६ मंसिर । मितेरी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनन्त चापागाई नियुक्त भएका छन् ।
मंसिर १६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सीईओको पदमा चापागाईलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनी माघ १ गतेबाट लागु हुने गरी आगामी ४ वर्षका लागि सीईओमा नियुक्त भएका हुन् ।
यसअघि बैंकका सीईओ रहेका तुलसीप्रसाद वस्तीको कार्यकाल सकिएपछि चापागाईं सीईओ पदमा नियुक्त भएका हुन् ।



















