राधि विद्युतको लाभांश घोषणा, लाभांशपछि हकप्रद शेयर जारी गर्ने
वि.सं.२०८१ मंसिर २७ बिहीवार ११:०२
shares

काठमाडौं, २७ मंसिर । राधि विद्युत् कम्पनीले ५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले शेयरधनीलाई ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
कम्पनीले १ बराबर ०.६९८९ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएको छ । सो हकप्रद शेयर निष्कासनका लागि विद्युत् नियमन आयोगको सहमति पश्चात साधारणसभामा प्रस्ताव पेश गरिने कम्पनीले जनाएको छ ।
कम्पनीले पुस १८ गतेका लागि साधारणसभा बोलाएको छ । पुस ४ गतेका लागि बुक क्लोजको मिति तय गरेको छ । पुस ३ गतेसम्म कायम शेयरधनीले लाभांश र साधारणभामा भाग लिन सक्नेछन् ।















