Dhulikhel Eco Banner new

शेयर बजारमा सामान्य अंकले वृद्धि, बढ्यो कारोबार रकम

3.07K
shares

काठमाडौं, २९ माघ । मंगलवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ६.५४ अंकले बढेर २,६८३ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १३४ कम्पनीको शेयर मूल्य बढेको छ भने ९८ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ७ अर्ब २० करोडको कारोबार भएको हो ।

दोहोरो अकंले घटेको शेयर बजारमा सिकलेस हाइड्रोपावर, भगवती हाइड्रोपावर र रसुवागढि हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ३ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

शेयर बजारमा भुगोल इनर्जीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतका दरले गुमाएका छन् ।