सामान्य अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८१ माघ २९ मंगलवार १५:१३
shares

काठमाडौं, २९ माघ । मंगलवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ६.५४ अंकले बढेर २,६८३ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १३४ कम्पनीको शेयर मूल्य बढेको छ भने ९८ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ७ अर्ब २० करोडको कारोबार भएको हो ।
दोहोरो अकंले घटेको शेयर बजारमा सिकलेस हाइड्रोपावर, भगवती हाइड्रोपावर र रसुवागढि हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ३ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
यसदिन गार्डीयन माइक्रोे लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् भने सप्तकोशी विकास बैंकका लगानीकर्ताले ८.५२ प्रतिशतका दरले कमाएका छन् ।



















