Dhulikhel Eco Banner new

मेयर बालेन शाहलाई दृष्टिविहीन व्यक्तिको गुनासो, ग्रेनाइटलाई सुधार्न आग्रह

2.18K
shares

काठमाडौं, १० फागुन । काठमाडौंको दरबारमार्गको सडक पेटीमा बिच्छ्याएको ग्रेनाइट अपाङ्गतामैत्री नभएको भन्दै एक दृष्टिविहीन व्यक्तिले मेयर बालेन शाहलाई गुनासो गरेका छन् ।

 ग्रेनाइटमाथि यात्रा गरेका एक दृष्टिविहीन व्यक्तिले आफनो अनुभव सुनाउँदै आफूहरुका लागि अपाङ्गतामैत्री नभएको भन्दै  गुनासो गरेका हुन् ।

दृष्टिविहीन युवा युवराज लामाले आफ्नो अनुभव व्यक्त गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई भनेका छन्, ‘सौन्दर्यको लागि granite बिछ्याइरहँदा दृष्टिविहीन व्यक्तिहरूको लागि straight direction पत्ता लगाउन बिछ्याइने पहेँलो रङ्गको tactile को लागि ठाउँ कता हो त ? हिंड्दा फराकिलो र चिल्लो महसुस भएता पनि अगाडि straight guideline नहुँदा चिल्लो सडकपेटीमै रुमलिने खतराहुँदो रहेछ मेयरसाब !’

लामाले सामाजिक सञ्जाल फेसबुकमा मेयर बालेनलाई मेन्सन गर्दै उनले लेखेका छन् – विश्वका अन्य आधुनिक सहरहरूमा यसको व्यवस्थापन कसरी गरिरहेको छ भन्नेबारे तपाईं जानकार हुनुहुन्छ होला भन्ने आशा गर्दछु !

दरबारमार्गमा ग्रेनाइट बिछ्याउने महानगरपालिकाको निर्णयले अहिले बहस सिर्जना भइरहेको छ ।