Dhulikhel Eco Banner new

शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

3.09K
shares

काठमाडौं, ५ चैत । मंगलवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ७.६६ अंकले घटेर २,६९७ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८६ कम्पनीको शेयर मूल्य बढेको छ भने १५३ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ४ अर्ब ३४ करोडको कारोबार भएको हो ।

सामान्यअंकले घटेको शेयर बजारमा सामुदायिक लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ८.२१ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनका लगानीकर्ताले ७.७२ प्रतिशतका दरले गुमाएका छन् भने आरबीबी म्युचुअल फन्ले ३.७९ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी माथिल्लो सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडका लगानीकर्ताले ३.३१ प्रतिशतका दरले गुमाएका छन् भने सयपत्री हाइड्रोपावरका लगानीकर्ताले ३.२९ प्रतिशतका दरले गुमाएका छन् ।