बैंक तथा वित्तीय संस्थाहरूको निक्षेपमा वृद्धि
वि.सं.२०८१ चैत २७ बुधवार १७:५४
shares

काठमाडौं, २७ चैत । चालु आर्थिक वर्षको ८ महिनामा बैंक र वित्तीय संस्थाहरूमा रहेको निक्षेप २ खर्ब ७७ अर्ब २३ करोड रुपैयाँले (४.३ प्रतिशत) वृद्धि भएको छ। यो अघिल्लो वर्षको सोही अवधिमा ४ खर्ब ३५ अर्ब ८७ करोड रुपैयाँ (७.६ प्रतिशत) को वृद्धीसँग तुलना गर्दा कम भएको देखिएको हो।
वार्षिक बिन्दुगत आधारमा, २०८१ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा ९.५ प्रतिशतको वृद्धि भएको छ। यस समयसम्म, चल्ती, बचत र मुद्दती निक्षेपहरूको अंश क्रमशः ५.४ प्रतिशत, ३५.३ प्रतिशत र ५१.७ प्रतिशत रहेको छ। यससँगै, अघिल्लो वर्षको सोही अवधिमा यी अंशहरू क्रमशः ६.५ प्रतिशत, २८.० प्रतिशत र ५८.७ प्रतिशत रहेको थियो।
साथै, २०८१ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.४ प्रतिशत रहेको छ। यस वर्षको तुलना गर्दा, २०८० फागुन मसान्तमा संस्थागत निक्षेपको अंश ३६.५ प्रतिशत थियो।



















