Dhulikhel Eco Banner new

दोर्दी खोलाको हकप्रद शेयरमा आवेदन दिने आइतवार अन्तिम दिन

3.03K
shares

काठमाडौं, १४ वैशाख । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले पुनः तीन दिनका लागि खोलेको हकप्रद शेयरमा आवेदन दिन आइतवार अन्तिम दिन रहेको छ। कम्पनीका अनुसार बैंकिङ समयभित्र मात्र आवेदन दिन सकिनेछ।

कम्पनीले यसअघि फागुन १४ गतेसम्म कायम रहेका शेयरधनीहरूलाई लक्षित गरी १ः१ को अनुपातमा १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर चैत १९ देखि वैशाख ८ गतेसम्म निष्कासन गरेको थियो।

केही शेयरधनीहरूले आफ्नो हक बराबरको शेयरका लागि आवेदन दिन छुटेको गुनासो गरेपछि कम्पनीले वैशाख १२ गतेदेखि १४ गतेसम्मका लागि तीन दिन पुनः आवेदन खुला गरेको हो।

कम्पनीले पुनः अवसर प्रदान गरे पनि आइतवार बैंकिङ समयपछि हकप्रद आवेदन प्रक्रिया बन्द हुने जानकारी दिएको छ।