Dhulikhel Eco Banner new

टिचिङ अस्पतालमा रोजगारीको अवसर

2.38K
shares

काठमाडौं, २३ जेठ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल)ले कर्मचारी माग गरेको छ । अस्पतालले करार सेवामा १ सय जना नर्स कर्मचारी माग गरेको हो ।

अस्पतालले एक सूचना प्रकाशित गर्दै आन्तरिक स्रोतबाट तलब–भत्ता उपलब्ध गराई रिक्त अस्थायी दरबन्दीमा नर्स पदको लागि आवेदन खुला गरेको जानकारी गराएको छ ।

नर्सिङ विषयमा प्रमाणपत्र तह वा बीएससी नर्सिङ उत्तीर्ण गरेका योग्य उम्मेदवारहरूले आवेदन दिन सक्नेछन् ।

अस्पतालका अनुसार, पुरुष उम्मेदवारको लागि अधिकतम उमेर सीमा ४० वर्ष र महिला उम्मेदवारको लागि ४५ वर्ष तोकिएको छ ।

आवेदन दिन इच्छुकले आगामी २५ जेठ (जुन ८) देखि १ असार (जुन १५) बेलुका ५ बजेसम्म अस्पतालमा आवेदन दर्ता गराउन सक्नेछन् ।