Dhulikhel Eco Banner new

कुमारी बैंकको ५ लाख संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा

1.82K
shares

काठमाडौं, १ असार । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंक ५ लाख ६ हजार ९७२ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको हो ।

बैंकले यसअघि यी शेयर राष्ट्र बैंकको नियमानु्सार बैंककै विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर बिक्रीमा राखेको थियो। तर संस्थापकबाट सम्पूर्ण शेयर खरीद नभएपछि सर्वसाधारणमा बिक्री खुला गरेको हो।

उक्त शेयर खरीद गर्न इच्छुक सर्वसाधारण लगानीकर्ताले अबको ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ।

सो शेयरको बिक्री मूल्य शेयर बिक्रीमा राख्ने बिक्रेताले ताके बमोजिम हुने बैंकले जानकारी दिएको छ।