प्रतितोला ४ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८२ असार ५ बिहीवार १०:४८
shares

काठमाडौं,५ असार । स्थानीय बजारमा बिहीवार सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ४ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
बुधवार प्रतितोला १ लाख ९५ हजार ९ सयमा कारोबार भएको सुनको मूल्य बिहीवार ४ सयले घटेर तोलामा १ लाख ९५ हजार ५ सयमा कायम भएको हो ।
त्यस्तै, बिहीवार चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेको छ । बुधवार तोलामा २ हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीवार बढेर २ हजार २ सयमा कायम भएको छ ।















