GBIME

३ करोड ५० लाखको एउटै शेयर २ जनालाई बिक्री गर्ने पक्राउ

3.53K
shares

काठमाडौं, ४ असार । ३ करोड ५० लाखको एउटै शेयर २ जनालाई बिक्री गर्ने पक्राउ परेका छन् ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–८ का ७२ वर्षय केशवप्रसाद अधिकारी पक्राउ परेका हुँन् ।

काठमाडौं महानगरपालिका–३२ स्थित अर्बिट इन्टरनेशनलका सेयरधनी अधिकारीले नुवाकोटका श्रीबहादुर तामाङलाई ठगेको उजुरीका आधारमा अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

अधिकारीले सोही शैक्षिक कन्सल्टेन्सीको शेयर शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष प्रकाश पाण्डेलाई समेत बेचेको प्रहरीले जनाएको छ ।

शेयर स्वामित्व हस्तान्तरण पटक–पटक ताकेता गर्दा नगरी पाण्डेलाई बेचेको तामाङको आरोप छ ।

उक्त शेयर बिक्री भइसकेको आफूलाई थाहा नभएको पाण्डेको दाबी छ । अधिकारीलाई हाल महानगरिय प्रहरी परीसद टेकुमा हिरासदमा राखिएको छ । उलनई म्याद थपगरि थप अनुसन्धन भैरहेको प्रहरीले बताएको छ ।