Dhulikhel Eco Banner new

ट्रम्पले मागे अमेरिकी केन्द्रीय बैंक प्रमुखको राजीनामा

2.91K
shares

काठमाडौं, १९ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) का अध्यक्ष जेरोम पावेललाई पदबाट तत्काल पदबाट राजीनामा दिन आह्वान गरेका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा लेख्दै भनेका छन्, ‘धेरै ढिला भयो, उनलाई तुरुन्तै राजीनामा दिनुपर्छ । पावेललाई फेडरल रिजर्भको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय ट्रम्पकै पहिलो कार्यकालमा भएको थियो।

तर ब्याजदर नघटाएको भन्दै ट्रम्पले पावेलको पटक–पटक आलोचना गर्दै आएका छन्। ट्रम्पले पछिल्लो समय फेडको मौद्रिक नीति, मुद्रास्फीति नियन्त्रणको ढिलासुस्ती, र कर्जाको लागतसम्बन्धी निर्णयहरूलाई अमेरिकाको आर्थिक सुस्ततासँग जोड्दै पावेलमाथि दबाब बढाउँदै आएका छन्।