Dhulikhel Eco Banner new

वेष्ट फाइनान्स कम्पनीमा ६ जना सञ्चालक निर्विरोध निर्वाचित

2.68K
shares

काठमाडौं, १९ असार । वेष्ट फाइनान्स कम्पनी लिमिटेडमा ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन्। कम्पनीको २८ औं वार्षिक साधारण सभा असार १८ गते सम्पन्न भएको थियो, जसबाट नयाँ सञ्चालक समिति चयन गरिएको हो।

संस्थापक समूहबाट प्रा.डा. रामजी गौतम, रामचन्द्र देवकोटा र सुशिला खनाल निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै, सर्वसाधारण समूहबाट खिमलाल पौड्याल, रामलाला श्रेष्ठ र विष्णु प्रसाद ज्ञली सञ्चालकमा निर्विरोध चयन भएका छन्।

सञ्चालक समिति चयनपछि असार १९ गते बसेको कम्पनीको सञ्चालक समितिको पहिलो बैठकले प्रा.डा. रामजी गौतमलाई सर्वसम्मत रूपमा कम्पनीको अध्यक्षमा चयन गर्ने निर्णय गरेको छ।