Dhulikhel Eco Banner new

बैंकहरूको कुल निक्षेप ७१ खर्ब नाघ्यो, कर्जा लगानी पनि वृद्धि

2.87K
shares

काठमाडौं, १९ असार । देशभरका बैंक तथा वित्तीय संस्थाहरूमा कुल निक्षेप ७१ खर्ब नाघेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार असार १४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप ७० खर्ब ८२ अर्ब रुपैयाँ पुगेको छ।

असार १३ गतेसम्म कुल निक्षेप ७० खर्ब ७१ अर्ब रुपैयाँ थियो। यस हिसाबले बैंकहरूमा एकैदिनमा ११ अर्ब रुपैयाँ निक्षेप थपिएको छ।

त्यस्तै, सोही अवधिसम्म कुल कर्जा लगानी ५५ खर्ब ८२ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिन कर्जा लगानी ५५ खर्ब ८० अर्ब रुपैयाँ रहेकोमा २ अर्ब रुपैयाँले कर्जा लगानीमा वृद्धि भएको देखिन्छ।

यसैबीच, बैंकहरूको सीडी रेसियो ९कर्जा–निक्षेप अनुपात० ७७।८२ प्रतिशतबाट घटेर ७७।७३ प्रतिशतमा झरेको छ। यस्तै, अन्तरबैंक ब्याजदर ३ प्रतिशतमै स्थिर रहेको छ।