Dhulikhel Eco Banner new

केसीसीले १०औं म्यानेजमेन्ट स्कोलर्स म्यागेजिन सार्वजनिक

2.89K
shares

काठमाडौं, २२ असार । पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बद्ध कान्तिपुर सिटी कलेज (केसीसी) ले बीबीए संकायका विद्यार्थीहरूले तयार पारेको ‘म्यानेजमेन्ट स्कोलर्स म्यागेजिन’ को १०औं संस्करण शनिवार औपचारिक रूपमा सार्वजनिक गरेको छ।

कलेज हलमा आयोजित विमोचन कार्यक्रममा प्रमुख अतिथि पूर्व एफएनसीसीआई अध्यक्ष भवानी राणा, प्रा. रामकृष्ण रेग्मी, प्रा. डा. महेन्द्र सिंह, म्यानेजमेन्ट एसोसिएसन अफ नेपालका महासचिव इन्द्र कुमार श्रेष्ठ, केसीसीका प्रबन्ध निर्देशक डा. प्रल्हाद कार्की र प्रिन्सिपल राजु कट्टेलले संयुक्त रूपमा म्यागेजिन विमोचन गरे।

पूर्व अध्यक्ष राणाले विद्यार्थीहरूद्वारा तयार गरिएको म्यागेजिन भविष्यमा नेतृत्व विकासमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिन्। त्यस्तै, प्रा। डा। महेन्द्र सिंहले म्यागेजिनको विषयवस्तुले विद्यार्थीहरूलाई रचनात्मक बनाउँदै ज्ञानको दायरा फराकिलो बनाउने धारणा राखे।

कार्यक्रममा वक्ताहरूले कक्षाभित्र सिकाइएका कुराहरू व्यवहारमा लागू गर्ने क्षमताको विकासमा म्यागेजिनले महत्वपूर्ण भूमिका खेलेको बताए।

प्रा। रेग्मीले विद्यार्थीहरूको करियर निर्माणमा म्यागेजिन सहायक हुने धारणा राख्दै कृत्रिम बुद्धिमत्ता ९एआई० को बुद्धिमानी प्रयोगमा जोड दिए। “एआईले मानवीय सीप कमजोर पार्न सक्छ, त्यसैले सोच(सम्झेर प्रयोग गर्नु आवश्यक छ,” उनले भने।

यस वर्षको म्यागेजिनले “पर्यटन र एआई” विषयमा विशेष जोड दिएको छ। यसमा शिक्षा, व्यापार, रोजगारी र आवश्यक सीपहरूमा एआईको भूमिका समेटिएको छ।

प्रिन्सिपल कट्टेलले कलेजले विद्यार्थीहरूको सफ्ट स्किल्स विकासमा निरन्तर सहयोग गर्दै आएको बताउँदै म्यागेजिन प्रकाशनलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

सन् २००५ देखि सञ्चालनमा रहेको केसीसीको बीबीए कार्यक्रमले समयानुकूल विषयवस्तु समेट्दै विद्यार्थीकै प्रयासमा आधारित म्यागेजिन प्रकाशित गर्दै आएको छ। कार्यक्रममा विद्यार्थी, शिक्षक, प्राध्यापक र पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।