Dhulikhel Eco Banner new

नेपाल एसबीआई बैंकले असार ३० गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्दै

3.15K
shares

काठमाडौं, २२ असार । नेपाल एसबीआई बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको १० वर्षे अवधिको ऋणपत्र ‘नेपाल एसबीआई बैंक ऋणपत्र–२०९०’ सार्वजनिक निष्कासन गर्ने भएको छ । बैंकले असार ३० गतेदेखि ऋणपत्र निष्कासन सुरु गर्ने जनाएको छ ।

बैंकले प्रति इकाइ १ हजार रुपैयाँ अंकित दरमा कुल ३० लाख इकाइ ऋणपत्र जारी गर्दैछ । जसमध्ये १८ लाख इकाइ व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि खुला गरिएको छ ।

सार्वसाधारण लगानीकर्ताहरूले न्यूनतम २५ इकाइदेखि अधिकतम १२ लाख इकाइसम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू, तिनले तोकेका शाखा कार्यालयहरू तथा सीडीएससीको ुमेरो सेयरु प्रणालीमार्फत दिन सकिनेछ ।

ऋणपत्रमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज प्राप्त गर्नेछन् । यो निष्कासन कार्यक्रम साउन १ गतेभित्र बन्द हुनेछ तर सो अवधिमा पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि साउन १२ गतेसम्म लम्बिन सक्नेछ ।

यस ऋणपत्र निष्कासनको बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । बैंकले दीर्घकालीन पुँजी जुटाउने उद्देश्यले ऋणपत्र जारी गर्न लागेको बताएको छ ।