गरिमा विकास बैंकको संस्थापक शेयर बिक्रीमा
वि.सं.२०८२ साउन ५ सोमवार १०:२१
shares

काठमाडौं, ५ साउन । गरिमा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले १ लाख ४७ हजार ८३४.६५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।
बैंकले राष्ट्र बैंकको निर्देशन अनुसार हाल उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो।
सो शेयर किन्न इच्छुक शेयरधनीले भदौ ८ गतेभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।
उक्त समयावधिभित्र बैंकका शेयरधनीबाट शेयर खरीद नभएमा बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाउने बैंकले जनाएको छ ।



















