Dhulikhel Eco Banner new

प्रतिकित्ता १०० रुपैयाँमै राप्ती हाइड्रोको शेयर सबैले किन्न पाउने गरि बिक्रीमा

2.99K
shares

काठमाडौं, ५ साउन । राप्ती हाइड्रो जनरल कन्स्ट्रक्सन लिमिटेडले अवितरित ७ लाख ४ हजार १११ कित्ता हकप्रद शेयर लिलामीमार्फत बिक्रीमा राखेको छ। कम्पनीले साउन १३ गतेदेखि २० गतेसम्म आवेदन दिन सकिने व्यवस्था मिलाएको हो।

कम्पनीका अनुसार लिलामीमा राखिएका शेयरमध्ये ५ लाख ६४ हजार १० कित्ता शेयर लकइन अवधि नभएका हुन् भने बाँकी १ लाख ४० हजार १०१ कित्ता शेयर लकइन अवधि सकिन लागेका हुन्। यी लकइनमा रहेका शेयरहरूको अवधी साउन ८ गते समाप्त हुने कम्पनीले जनाएको छ।

लिलामीमार्फत शेयर खरिद गर्न चाहने इच्छुक आवेदकले प्रतिकित्ता रु १०० न्यूनतम मूल्यका आधारमा कम्तीमा १०० कित्ता र बढीमा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। यसअनुसार आवेदकले न्यूनतम रु १०,००० लगानी गर्नुपर्ने हुन्छ।

गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन दिने व्यवस्था गरिएको छ । जसका लागि बोलपत्र फारम काठमाडौंको नक्सालस्थित मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयबाट प्राप्त गर्न सकिनेछ। साथै मुक्तिनाथ विकास बैंकका विभिन्न शाखा — ठिमी, कुमारीपाटी, बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, चिप्लेढुंगा, बाग्लुङ, बुटवल, घोराही, नेपालगञ्ज, विरेन्द्रनगर, धनगढी र महेन्द्रनगर — मा पनि फारम उपलब्ध हुनेछ।

लिलामीका लागि कम्पनीका संस्थापक शेयरधनी, सर्वसाधारण, संघसंस्था तथा कम्पनीहरू सबैले आवेदन दिन सक्नेछन्।

कम्पनीले यस प्रक्रियाबाट बाँकी रहेका हकप्रद शेयर बिक्री गरी पूँजी संकलन गर्ने उद्देश्य राखेको छ।