Dhulikhel Eco Banner new

शेयर बजारमा १८६ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.76K
shares

काठमाडौं, ११ साउन । आइतवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १८.४४ अंकले बढेर २,९५८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १८६ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन २६ अर्ब ५७ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा नारायणी विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ६.३४ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन १० प्रतिशत एनआईसी एशिया डिबेन्चर २०८५/८६का लगानीकर्ताले ५.२० प्रतिशतका दरले गुमाएका छन् भने राप्ती हाइड्रोपावरका लगानीकर्ताले ४.९९ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी, ११प्रतिशत एनआईसी एशिया डिबेन्चर ०८२/८३ का लगानीकर्ताले ४.७१ प्रतिशतका दरले गुमाएका छन् भने बुटवल पावरका लगानीकर्ताले ४.११ प्रतिशतका दरले गुमाएका छन् ।