Dhulikhel Eco Banner new

बैंकिङ प्रणालीमा निक्षेप संकलन घट्दै, कर्जा लगानीमा १ खर्बको वृद्धि

एकै दिनमा ५ अर्ब रुपैयाँ निक्षेप घट्दा अर्थतन्त्रमा दबाबको संकेत

3.42K
shares

काठमाडौं, १८ साउन। नेपालको बैंकिङ प्रणालीमा पछिल्लो समय निक्षेप संकलनमा कमी देखिएको छ। नेपाल राष्ट्र बैंकले साउन १३ र १४ गते सार्वजनिक गरेको तथ्यांकअनुसार एकै दिनमा ५ अर्ब रुपैयाँ बराबरको निक्षेप बैंकिङ प्रणालीबाट घटेको हो।

राष्ट्र बैंकका अनुसार साउन १३ गतेसम्म कुल निक्षेप ७२ खर्ब २४ अर्ब रुपैयाँ रहेकोमा साउन १४ गते घटेर ७२ खर्ब १९ अर्ब रुपैयाँमा झरेको हो। निक्षेप घट्दा वाणिज्य बैंकहरू पनि प्रभावित भएका छन् । निक्षेप ४ अर्ब रुपैयाँ घट्दै ६४ खर्ब ६७ अर्ब रुपैयाँमा सीमित भएको छ।

निक्षेपमा गिरावट देखिए पनि सोही अवधिमा कर्जा लगानी भने उल्लेखनीय रूपमा बढेको देखिन्छ। राष्ट्र बैंकका अनुसार एकै दिनमा कर्जा लगानी १ खर्ब रुपैयाँले वृद्धि भएको छ ।

बैंकहरूको सिडी (क्रेडिट टु डिपोजिट) रेसियो ७६.०३ प्रतिशत पुगेको छ भने अन्तर बैंक ब्याजदर २.७५ प्रतिशतमा कायम रहेको छ ।