Dhulikhel Eco Banner new

गीताप्रेस नेपालद्वारा साउन सोमवार पशुपति दर्शनका लागि निःशुल्क बस सेवा

3.24K
shares

काठमाडौं, १९ साउन । साउन महिनाको सोमवार पशुपतिनाथ मन्दिरमा दर्शन गर्न जाने भक्तजनहरूका लागि गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालले निःशुल्क बस सेवा सञ्चालन गरिरहेको छ।

पशुपति विकास कोषसँगको सहकार्यमा मयुर यातायातको बसमार्फत पहिलो र दोस्रो सोमवार विहान ४ बजेदेखि १० बजेसम्म सेवा प्रदान गरिएको थियो। अब तेस्रो सोमबार श्रावण १९ गते र चौथो सोमवार साउन २६ गते उक्त सेवा विहान ५ बजेदेखि सुरु हुने जानकारी आयोजकले दिएका छन्।

बस सेवा दुई रुटमार्फत सञ्चालन हुनेछ। पहिलो रुट बल्खुबाट सुरु भई एकान्तकुना, सातदोबाटो, कोटेश्वर, तिनकुने, एयरपोर्ट हुँदै पशुपतिनाथ मन्दिरसम्म पुग्नेछ। दोस्रो रुट बल्खुबाट सुरु भई नयाँ बसपार्क, कलंकी, स्वयम्भु, नारायणगोपाल चोक, चाबहिल हुँदै मन्दिरसम्म सञ्चालन हुनेछ।

बस सेवा पूर्ण रूपमा निःशुल्क रहेकोले आयोजकले भक्तजनहरूलाई बिहान ५ बजेदेखि सञ्चालन हुने सेवा प्रयोग गर्न आग्रह गरेका छन्।

साउन महिनामा मन्दिरमा भक्तजनहरूको अत्यधिक भीड हुने भएकाले भीड व्यवस्थापन र भक्तजनको सुविधालाई मध्यनजर गर्दै यो सेवा प्रदान गरिएको हो।

यस सेवाको प्रायोजन गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालले गरेको हो भने सञ्चालनमा पशुपति विकास कोष र मयुर यातायातको सहकार्य रहेको छ।