खानीखोला हाइड्रोपावरको हकप्रद शेयर खुल्यो
वि.सं.२०८२ भदौ ३ मंगलवार १०:३८
2.77K
shares
shares

काठमाडौं, ३ भदौ । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले मंगलबारबाट हकप्रद शेयर निष्कासन सुरु गरेको छ। कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको १०० प्रतिशत बराबरका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर जारी गरेको हो।
असार २६ गतेसम्म कायम रहेका शेयरधनीहरूले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्। कम्पनीले इक्रा नेपालबाट ‘बी’ रेटिङ प्राप्त गरेको छ, जसले औसत जोखिम जनाउँछ।



















