सामान्य अंकले घट्यो शेयर बजार, कारोबार रकममा पनि गिरावट
वि.सं.२०८२ भदौ ५ बिहीवार १५:११
shares

काठमाडौं, ५ भदौ । बिहीवार शेयर बजार ७.८१ अंकले घटेको छ । शेयर बजार ७.८१ अंकले घटेर २,७५९ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १९७ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ५ अर्ब २ करोडको कारोबार भएको हो ।
सामान्य अंकले घटेको शेयर बजारमा विकास हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी, जनउत्थान सामुदायीक लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले ४.६५ प्रतिशतका दरले गुमाएका हुन् ।



















