सामान्य अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ भदौ १९ बिहीवार १५:४९
shares

काठमाडौं, १९ भदौ । बिहीवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ६.५५ अंकले घटेर २७२६ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको शेयर मूल्य घटेको छ र १ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन ५ अर्ब १४ करोडको कारोबार भएको हो ।
सामान्य अंकले घटेको शेयर बजारमा हिमस्टार उर्जा कम्पनी लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९८ प्रतिशतका दरले कमाएका छन् ।
यसदिन बिन्दवासीनी हाइड्रोपावरका लगानीकर्ताले ६.०७ प्रतिशतका दरले कमाएका छन् भने माथिल्लो मैलुङ खोला जलविद्युतका लगानीकर्ताले ६.०६ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी उपकार लघुवित्तका लगानीकर्ताले ५.०९ प्रतिशतका दरले कमाएका छन् भने सिटिजन्स म्युचुअल फन्डका लगानीकर्ताले ३.९८ प्रतिशतका दरले कमाएका छन् ।















