शेयर बजारमा १११ अंकले वृद्धि, २२४ कम्पनीको शेयर मुल्य बढ्यो
वि.सं.२०८२ असोज ५ आइतवार १५:१९
shares

काठमाडौं, ५ असोज । आइतवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार १११.७० अंकले बढेर २,६२७ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २२४ कम्पनीको शेयर मूल्य बढेको छ भने २८ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ९ अर्ब १७ करोडको कारोबार भएको हो ।
उच्च अंकले बढेको शेयर बजारमा सिन्धु विकास बैंक, भुगोल इनर्जी, गुडविल फाइनान्स, शिवम सिमेन्ट, जोशी हाइड्रोपावर, अपि पावर कम्पनी, आखु खोला जलविद्युत, बलेफि हाइड्रोपावर र हिमालखोला जलविद्युतका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ९ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले ७.६४ प्रतिशतका दरले गुमाएका हुन् ।



















