Dhulikhel Eco Banner new

शेयर बजारमा २८ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

3.78K
shares

काठमाडौं, ५ असोज । आइतवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार १११.७० अंकले बढेर २,६२७ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २२४ कम्पनीको शेयर मूल्य बढेको छ भने २८ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ९ अर्ब १७ करोडको कारोबार भएको हो ।

उच्च अंकले बढेको शेयर बजारमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले ७.६४ प्रतिशतका दरले गुमाएका हुन् ।

यसदिन सिटिजन्स म्युचुअल फण्डका लगानीकर्ताले ७.४९ प्रतिशतका दरले गुमाएका छन् भने हिमालयन एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले ५.६६ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी, राष्ट्रिय बिमा कम्पनीका लगानीकर्ताले ५.५९ प्रतिशतका दरले गुमाएका छन् भने एनआइबिएल समृद्धि फण्डका लगानीकर्ताले ५.३६ प्रतिशतका दरले गुमाएका छन् ।