Dhulikhel Eco Banner new

उच्च अंकले बढेको शेयर बजारमा यी १० कम्पनीका लगानीकर्ता बने मालामाल

3.34K
shares

काठमाडौं, ५ असोज । आइतवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार १११.७० अंकले बढेर २,६२७ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २२४ कम्पनीको शेयर मूल्य बढेको छ भने २८ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ९ अर्ब १७ करोडको कारोबार भएको हो ।

उच्च अंकले बढेको शेयर बजारमा सिन्धु विकास बैंक, भुगोल इनर्जी, गुडविल फाइनान्स, शिवम सिमेन्ट, जोशी हाइड्रोपावर, अपि पावर कम्पनी, आखु खोला जलविद्युत, बलेफि हाइड्रोपावर र हिमालखोला जलविद्युतका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ९ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले कमाएका छन् ।

यसदिन ग्रिन विकास बैंकका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।