उच्च अंकले बढ्यो शेयर बजार, कारोबार रकममा भने गिरावट
वि.सं.२०८२ असोज २७ सोमवार १५:१४
shares

काठमाडौं, २७ असोज । सोमवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ४४.२५ अंकले बढेर २,५४७ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २०० कम्पनीको शेयर मूल्य बढेको छ भने ४७ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ४ अर्ब ९७ करोडको कारोबार भएको हो ।
उच्च अंकले बढेको शेयर बजारमा नेपाल माइक्रो इन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी, कर्पोरेट विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले ५.२६ प्रतिशतका दरले गुमाएका हुन् ।



















