Dhulikhel Eco Banner new

उच्च अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

4.17K
shares

काठमाडौं, २७ असोज । सोमवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ४४.२५ अंकले बढेर २,५४७ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २०० कम्पनीको शेयर मूल्य बढेको छ भने ४७ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ४ अर्ब ९७ करोडको कारोबार भएको हो ।

उच्च अंकले बढेको शेयर बजारमा नेपाल माइक्रो इन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले कमाएका छन् ।

यसदिन इमर्जिङ नेपालका लगानीकर्ताले ९.९२ प्रतिशतका दरले कमाएका छन् भने एनआरएन पूर्वाधार र विकासका लगानीकर्ताले ९.८२ प्रतिशतका दरले कमाएका छन् ।