Dhulikhel Eco Banner new

रेमिट्यान्स ३३.१ प्रतिशतले वृद्धि

3.86K
shares

काठमाडौं, २८ असोज । आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा रेमिट्यान्स आप्रवाहमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार, यो अवधिमा रेमिट्यान्स ३३.१ प्रतिशतले बढेर ३५२ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो वृद्धि दर १५.८ प्रतिशत मात्र थियो।

२०८२ सालको भदौ महिनामा मात्रै १७४ अर्ब ६७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन अघिल्लो वर्षको भदौ महिनामा आएको १२७ अर्ब ९९ करोड रुपैयाँभन्दा धेरै हो।

रेमिट्यान्स अमेरिकी डलरमा पनि उल्लेखनीय वृद्धि भएको छ। समीक्षावधिमा अमेरिकी डलरमा रेमिट्यान्स २७.६ प्रतिशतले बढेर २ अर्ब ५२ करोड डलर पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो दर १४।२ प्रतिशत थियो।

यस अवधिमा देशमा भित्रिएको खुद द्वितीय आय ३८४ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको २८७ अर्ब ७६ करोड रुपैयाँभन्दा धेरै हो।

रेमिट्यान्स वृद्धिसँगै वैदेशिक रोजगारीका लागि जाने श्रमिकको संख्या पनि बढेको छ। पहिलो दुई महिनामा नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या ९०,१९८ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या ४५,८८४ रहेको छ। अघिल्लो वर्ष यो क्रमशः ७६,४८५ र ४०,५८३ थियो।