Dhulikhel Eco Banner new

एसवाई प्यानल नेपालको आईपीओ बाँडफाँड

3.87K
shares

काठमाडौं, ३ कात्तिक । एसवाई प्यानल नेपाल लिमिटेडले उद्योग प्रभावित क्षेत्रका स्थानीयबासिन्दाका लागि निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ) को बाँडफाँड भएको छ।

कम्पनीले स्थानीयवासीहरूलाई लक्षित गर्दै प्रतिकित्ता १०० रुपैयाँको दरमा कुल २ लाख ६१ हजार ६२७ कित्ता शेयर असोज ७ गतेदेखि असोज २१ गतेसम्म बिक्री खुला गरेको थियो।

कम्पनीका अनुसार, निष्कासन अवधिभर विधिपूर्वक आवेदन दिएका मध्ये ३ हजार ५९ जना आवेदकलाई शेयर बाँडफाँड गरिएको हो। बाँडफाँड प्रक्रिया कात्तिक २ गते गरिएको हो।

यससँगै, एसवाई प्यानल नेपाल लिमिटेडले पहिलो चरणमा स्थानीयवासीका लागि गरेको आईपीओ निष्कासन कार्य सफलतापूर्वक सम्पन्न गरेको छ। अब कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरूका लागि पनि आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ।

कम्पनीले यसअघि उद्योग प्रभावित क्षेत्रका स्थानीयलाई प्राथमिकता दिँदै शेयर निष्कासनको प्रक्रिया अगाडि बढाएको थियो, जुन धितोपत्र बोर्डबाट स्वीकृत भएको योजना अनुरूप हो।