Dhulikhel Eco Banner new

दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकममा भने वृद्धि

3.43K
shares

काठमाडौं, २० कात्तिक । बिहीवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार ११.२९ अंकले घटेर २,५९६ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ५ अर्ब ४१ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा दरमखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी, सम्पदा लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।