Dhulikhel Eco Banner new

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

3.32K
shares

काठमाडौं, २३ कात्तिक । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले कात्तिक २१ गते दिउँसो बसेको सञ्चालक समितिको बैठकले कुल १३ प्रतिशत लाभांश घोषणा गरेको हो।

बैंकल गत आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट शयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (कर समेत) वितरणको निर्णय गरेको हो।

यो निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुनेछ।