शेयर बजारमा ३० अंकको पहिरो, कारोबार रकममा पनि गिरावट
वि.सं.२०८२ कात्तिक २३ आइतवार १५:१८
shares

काठमाडौं, २३ कात्तिक । आइतवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार ३०.०२ अंकले घटेर २,५६६ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २८ कम्पनीको शेयर मूल्य बढेको छ भने २२२ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ४ अर्ब ९० करोडको कारोबार भएको हो ।
उच्च अंकले घटेको शेयर बजारमा दरमखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी, उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।



















