उच्च अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकतर्चा बने मालामाल
वि.सं.२०८२ कात्तिक २३ आइतवार १५:२९
shares

काठमाडौं, २३ कात्तिक । आइतवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार ३०.०२ अंकले घटेर २,५६६ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २८ कम्पनीको शेयर मूल्य बढेको छ भने २२२ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ४ अर्ब ९० करोडको कारोबार भएको हो ।
उच्च अंकले घटेको शेयर बजारमा दरमखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले कमाएका छन् ।
यसदिन माबीलुङ इनर्जी र सागर डिस्टीलरीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् भने रुरु जलविद्युतका लगानीकर्ताले ९.९३ प्रतिशतका दरले कमाएका छन् । त्यसैगरी, १०.२५ प्रतिशतनेपाल एसबीआई बैंक ऋणपत्र २०८३का लगानीकर्ताले ९.८७ प्रतिशतका दरले कमाएका छन् ।
े



















