Dhulikhel Eco Banner new

लोक सेवा आयोगमा रोजगारीको अवसर, हेर्नुस् कति चाहिन्छ योग्यता ?

4.69K
shares

काठमाडौं, २६ कात्तिक । लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्य सेवातर्फका विभिन्न पदहरूमा कर्मचारी परिपूर्ति गर्नका लागि आवेदन खुला गरेको छ। आयोगले आज एक सूचना प्रकाशित गर्दै निजामतीतर्फ प्राविधिकको राजपत्राङ्कित तृतीय श्रेणी र स्वास्थ्य सेवाका आठौँ तथा सातौँ तहका पदहरूमा जम्मा १७० जनाका लागि दरखास्त आह्वान गरेको हो।

आयोगका अनुसार आवेदन फाराम आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत विद्युतीय माध्यमबाट भर्न सकिने व्यवस्था गरिएको छ।

योग्यता पुगेका इच्छुक उम्मेदवारले मंसिर १६ गतेसम्म आवेदन दिन सक्नेछन्। साथै, दोब्बर दस्तुर तिरेर मङ्सिर २३ गतेसम्म पनि आवेदन दिन सकिने आयोगले जनाएको छ।

आयोगले सम्बन्धित विज्ञापन र दरखास्त भर्ने प्रक्रिया आफ्नै वेबसाइटमार्फत हेर्न सकिने जानकारी समेत दिएको छ।