विजय लघुवित्तले कमायो ३ करोड २० लाख खुद नाफा
वि.सं.२०८२ कात्तिक २६ बुधवार १०:४०
shares

काठमाडौं, २६ कात्तिक । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा ३ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ।
गत आवको असोज मसान्तसम्म ३ करोड ४५ लाख रुपैयाँ खुद घाटा बेहोरेको थियो । कम्पनीले चालू आवको असोज मसान्तसम्म भने नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि समीक्षा अवधिमा १८.५५ रुपैयाँ ऋणात्मकबाट ४.३० रुपैयाँ धनात्मक भएको छ।
कम्पनीको खुद ब्याज आम्दानी ९ करोड ७० लाख रुपैयाँबाट झण्डै ७९ प्रतिशतले बढेर १७ करोड ४९ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १० करोड ९० लाख रुपैयाँबाट झण्डै ७५ प्रतिशतले बढेर १९ करोड ७ लाख रुपैयाँ पुगेको छ। कम्पनीको खराब कर्जा भने ९.५७ प्रतिशतबाट बढेर १३.६० प्रतिशत पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १६६.२१ रुपैयाँ रहेको छ।
चुक्ता पूँजी ७४ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १ करोड ४ लाख रुपैयाँ र रिजर्भ कोषमा ५१ करोड ५ लाख रुपैयाँ सञ्चिति रहेको छ। कम्पनीले ९ अर्ब ६८ करोड ८ लाख रुपैयाँ कर्जा प्रवाह गरी २ अर्ब ११ करोड २८ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।



















