Dhulikhel Eco Banner new

जीवन विकास लघुवित्तमा रोजगारीको अवसर, हेर्नुस् कति चाहिन्छ योग्यता ?

3.67K
shares

काठमाडौं, ७ मंसिर । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना जारी गर्दै अधिकृ र सहायक अधिकृत पदमा १–१ जनाका दरले कर्मचारी माग गरेको हो ।

संस्थाले सो पदहरुमा आवेदन दिनको लागि मान्यताप्राप्त शैक्षिक व्यवस्थापनमा स्नातक र सीए–सीसीए तह उत्तिर्ण गरेको हुनुपर्ने छ । बैंक तथा वित्तीय संस्थामा कार्य गरेको अनुभवि उम्मेद्वारलाई बढी प्राथमिकता दिइने भएको कम्पनीले जनाएको छ ।

इच्छुक उम्मेद्वारले मंसिर २२ गतेसम्म आवश्यक कागजात संकलन गरी संस्थाको वेबसाइट र इमेलमार्फत आवेदन दिन सक्नेछन् ।