Dhulikhel Eco Banner new

पुँजी वृद्धिको प्रस्तावसहित प्रभु लाइफले बोलायो साधारणसभा

5.69K
shares

काठमाडौं, ११ असार । प्रभु लाइफ इन्स्योरेन्सले पुँजी वृद्धिको प्रस्ताव पारित गर्न कम्पनीको विशेष साधारणसभा बोलाएको छ ।सभा असार २३ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांकेटमा हुने भएको छ ।

प्रभु लाइफ इन्स्योरेन्सले आफ्नो पुँजी वृद्धि गर्दै छ। जसका लागि सभाले कम्पनीको अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

सभामा इन्स्योरेन्स अन्य कुनै जीवनबीमा कम्पनीसँग गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका विशेष एजेण्डा पनि छन् ।

विशेष साधारण सभा प्रयोजनका लागि इन्स्योरेन्सले असार १६ को एक दिन बुक क्लोज गर्ने जनाएको छ। जस अनुसार उक्त मितिभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र विशेष साधारण सभामा भाग लिन पाउनेछन् ।