एनसिएचएलको १५ प्रतिशत बोनस पारित, हेर्नुस् एजिएमले के–के गर्यो निर्णय ?
वि.सं.२०८२ पुस ३ बिहीवार १८:१८
shares

काठमाडौं, ३ पुस । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको चौधौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंमा बिहीबार सम्पन्न साधारणसभाले लेखापरीक्षण प्रतिवेदन सहितको २०८२ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद–प्रवाह विवरण स्वीकृत गर्नुका साथै १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९% नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । यस पश्चात एनसीएचएलको चुत्ता पुँजी रु १,४५,८५,११,५०० बराबरको हुनेछ । कम्पनीले पूँजी वृद्धी मार्फत नेशनल पेमेन्ट स्वीच, नेशनल तथा क्रस बोर्डर कारोबारका लागि थप भुक्तानी प्रणाली विकास गर्ने, जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने र सञ्चालनमा रहेका पूर्वाधारहरुको स्तरोन्नतीका लागि प्रयोग गर्नेछ ।
आ.व. २०८१÷८२ मा एनसीएचएलको भुक्तानी प्रणालीहरु मार्फत कुल १८६ खर्ब बराबरको २१.१२ करोड भुक्तानी कारोबारहरु राफसाफ भएको थियो । उक्त आर्थिक वर्षमा कम्पनीबाट फछ्र्यौट भएका कारोबारहरुको संख्या ६७% ले बृद्धि भएसँगै कम्पनीको खुद नाफा ४% ले वृद्धी भएको छ ।



















