सिटिजन्स सन्तुलित योजनाको आवेदन खुला
वि.सं.२०८२ पुस ३ बिहीवार १८:२०
shares

काठमाडौं, ३ पुस । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको चौथो बन्दमुखी योजना ‘सिटिजन्स सन्तुलित योजना’ सञ्चालनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त भएको छ।
रु। एक अर्ब आकारको उक्त योजना २०८२ साल पौष ४ गतेदेखि पौष ८ गतेसम्म छिटोमा बैंकिङ समयभित्र इकाई बिक्रीका लागि खुला गरिएको सिटिजन्स क्यापिटलले जनाएको छ।
यस योजनामार्फत शेयर तथा डिबेन्चरमा लगानी गरी नाफा र जोखिमबीच सन्तुलन कायम गर्ने लक्ष्य लिइएको छ। हाल नेप्से परिसूचक न्यून तहमा रहेकाले यस योजनाबाट दीर्घकालीन रूपमा आकर्षक प्रतिफल प्राप्त हुने सम्भावना रहेको क्यापिटलले उल्लेख गरेको छ। वित्तीय प्रक्षेपणअनुसार योजनाको औसत वार्षिक प्रतिफल करिब १४ प्रतिशत हुने अनुमान गरिएको छ।
योजनामा लगानी गर्न इच्छुक लगानीकर्ताले आफ्नो ‘मेरो शेयर’ खातामार्फत वा सि–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
न्यूनतम १०० इकाई र अधिकतम १,००,००० इकाई ९प्रति इकाई रु. १० का दरले न्यूनतम रु. १,००० देखि अधिकतम रु. १० करोडसम्म० खरिदका लागि आवेदन दिन सकिने प्रावधान रहेको छ। सिटिजन्स क्यापिटलले व्यक्तिगत लगानीकर्तालाई १,००० कित्तादेखि २ लाख कित्तासम्म आवेदन दिन सुझाव दिएको छ भने संस्थागत लगानीकर्तालाई सक्दो बढी कित्ताका लागि आवेदन दिन आग्रह गरेको छ।
सिटिजन्स क्यापिटल लिमिटेडले वित्तीय परामर्श (वित्तीय सल्लाहकार), लगानी व्यवस्थापन पिएमएस तथा म्युचुअल फण्ड व्यवस्थापनमार्फत ग्राहकलाई पूर्ण वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ। क्यापिटलको अध्यक्षमा राजेन्द्र लाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत सिइओ मा सविर बादे श्रेष्ठ रहेका छन्।



















