Dhulikhel Eco Banner new

प्राइम कमर्सियल बैंकको लाभांश घोषणा

5.59K
shares

काठमाडौं, ४ पुस । प्राइम कमर्सियल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। पुस ३ गते सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ०.४२१ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको घोषणा गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुनेछ।